काठमाडौं । आज (बुधबार) सुनको भाउ बढेको छ । मंगलबार तोलाको १ लाख ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढे प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकोछ ।
त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ८ सय रुपैयाँले नै बढेर तोलाको १ लाख ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १४ सय रुपैयाँमा किनबेच भइरहेको छ ।