काठमाडौं । आज (बिहिबार) सुनको भाउ १ लाख ६ हजार ९ सय पुगेको छ। जुन हालसम्मकै उच्च हो।
यस अघि माघ १० गते मंगलबार कायम भएको १ लाख ६ हजार ३ सयको उच्च भाउको रेकर्ड तोड्दै सुनको भाउले आज नयाँ रेकर्ड राखेको हो। आज छापावाल सुन तोलामा ७ सय बढेर प्रति तोला १ लाख ६ हजार ९ सय पुग्दै नयाँ रेकर्ड कायम गरेको हो ।
आज तेजावी सुनको मूल्य पनि तोलामा ७ सयले बढेर प्रति तोला १ लाख ६ हजार ४ सय कायम भएको छ। त्यस्तै चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर प्रतितोला १३ सय ८० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।