Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर

सोमबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर

दैनिकी न्यूज

१६, माघ २०७९
सोमबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर
images

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ।

हिजो आइतबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १३ सय ६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १३ सय ६५ रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :माघ १६, २०७९ सोमवार - १०:५३:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology