Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ किनबेच ?

सुनको भाउ ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ किनबेच ?

दैनिकी न्यूज

२०, माघ २०७९
सुनको भाउ ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ किनबेच ?
images

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन–चाँदीको भाउ घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला १२ सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला १४ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो।

images
प्रकाशित मिति :माघ २०, २०७९ शुक्रवार - ११:०९:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology