Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

स्ववियु निर्वाचन प्रक्रिया शुरू, सबै क्याम्पसमा पुग्यो निर्देशिका

स्ववियु निर्वाचन प्रक्रिया शुरू, सबै क्याम्पसमा पुग्यो निर्देशिका

दैनिकी न्यूज

२७, माघ २०७९
स्ववियु निर्वाचन प्रक्रिया शुरू, सबै क्याम्पसमा पुग्यो निर्देशिका
images

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनसम्बन्धी कार्यतालिका–२०७९ जारी गरेको छ । सोलगत्तै चैत ५ गते हुने निर्वाचन प्रक्रिया शुरु भएको छ । त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेलगत्तै निर्देशिका जारी भएको हो ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सो निर्देशिका ६२ वटै आंगिक क्याम्पसमा पठाएको छ । निर्देशिका पुगेलगत्तै सबै क्याम्पसले निर्वाचनको प्रक्रिया शुरु गरेका छन् ।

क्याम्पस प्रमुखले विद्यार्थी संघ–संगठनसँग छलफल शुरु गरेको छ । समितिका सदस्य–सचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले तीन दिनअघि निर्देशिका पारित भई कार्यान्वयनमा आएको जानकारी दिए ।

१३ बुँदे निर्देशिकामा निर्वाचनको विषयमा बन्द हड्तालाई गर्न नपाइने उल्लेख छ । ‘२२ विद्यार्थी संघ, संगठन, क्याम्पस प्रुमख, सुरक्षा निकायका प्रतिनिधिलगायत सरोकारवालासँग छलफल गरी सो विषयमा सबै पक्ष सहमत भएको अधिकारीले बताए । उनले भने– ‘सबैको सहमतिमा सो विषय समावेश गरेका हौं । अब विद्यार्थी चुनावी प्रचार–प्रसार वा अन्य कुनै विषयमा विवाद भए क्याम्पस बन्द गर्न पाइने छैन ।’

निर्देशिकामा निर्वाचन कार्यतालिका प्रकाशित भई निर्वाचन प्रक्रियाअघि बढेको दिनदेखि विश्वविद्यालयको प्राज्ञिक कार्यबाहेक निर्वाचनमा प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न नपाइने भनिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :माघ २७, २०७९ शुक्रवार - ०७:०२:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology