काठमाडौं । आज (बुधबार) सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुनको भाउ पनि आज तोलामा २ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।