Logo

बुधवार, श्रावण २७ गते २०८३

images

श्रोतबिनाको सम्पत्तिका मालिक बढे, सम्पत्ति शुद्धीकरण कसुर विरुद्ध १५ सय उजुरी

श्रोतबिनाको सम्पत्तिका मालिक बढे, सम्पत्ति शुद्धीकरण कसुर विरुद्ध १५ सय उजुरी

दैनिकी न्यूज

६, फाल्गुण २०७९
श्रोतबिनाको सम्पत्तिका मालिक बढे, सम्पत्ति शुद्धीकरण कसुर विरुद्ध १५ सय उजुरी
images

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण कसुरसम्बन्धी अनुसन्धान र कारबाही तीव्र बनाएको छ । विभागमा हाल विभिन्न कसुर गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा १५ सय बढी व्यक्तिविरुद्ध उजुरी परेको छ । विभागमा आएका उजुरीका आधारमा छानबिन तीव्रता दिएर कसुर प्रमाणित भएकालाई धमाधम मुद्दा दायर गर्ने क्रम थालिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारीले बताए ।

राजस्व छली र बैंकिङ कसुरका घटना बढी
विभागले विभिन्न कसुर गरी सम्पत्ति शुद्धीकरण गर्नेविरुद्ध आक्रामक कारबाही थालेसँगै मुद्दा दायर गर्ने क्रम पनि बढेको छ । चालू आर्थिक वर्ष २०७९÷८० को सात महिनाको अवधिमा ९साउनदेखि माघसम्म० विभागले सम्पत्ति शुद्धीकरणको कसुरमा आठवटा मुद्दा दायर गरेको छ । आठवटा मुद्दाका १८ जना आरोपीसँग ५ अर्ब बढी बिगो दाबी गर्दै मुद्दा दायर गरिएको महानिर्देशक अधिकारीले जानकारी दिए ।

विभागमा राजस्व छली गरेर तथा अन्य अपराधिक क्रियाकलाप गरेर सम्पत्ति आर्जन गर्ने र त्यसरी आर्जन गरिएको सम्पत्ति शुद्धीकरण गरेको भन्दै त्यससम्बन्धी कसुरमा उजुरी पर्ने क्रम बढेको छ । लागूऔषध, ठगी तथा संगठित अपराध, तस्करी, विदेशी विनियम अपचलन, हुन्डी अपराधलगायतबाट सम्पत्ति आर्जन गरी शुद्धीकरण गर्नेविरुद्ध उजुरी पर्ने क्रम बढेको विभागले जनाएको छ । त्यस्तो कसुर गर्नेको संख्या अत्यधिक रहेको बताइन्छ ।

विभागले पछिल्लोपटक राजस्व छली र हुन्डी कसुरमा मुद्दा दायर गरेको थियो । जसअनुसार सन्दीप कौशल र देवीप्रसाद कौशलविरुद्ध राजस्व छलीमा ४५ लाख ७९ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । यसैगरी तिलकराम गिरिविरुद्ध ३९ लाख बिगो दाबी गर्दै मुद्दा दायर गरिएको थियो । आजको राजधानी दैनिकबाट

images
प्रकाशित मिति :फाल्गुण ६, २०७९ शनिवार - ०७:५४:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology