Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जितपुरमा दुई दिने जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता हुने

जितपुरमा दुई दिने जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता हुने

दैनिकी न्यूज

१०, फाल्गुण २०७९
जितपुरमा दुई दिने जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता हुने
images

बारा । बाराको जीतपुरमा दुई दिने जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता हुने भएको छ । आयोजक नेपाल सितोरियो कराते शाखा डोजो जीतपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बिषयमा जानकारी दिएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.७ जीतपुर स्थित शान्ति टोल खेल मैदानमा फागुन १२ र १३ गते कराते प्रतियोगिता हुने आयोजक डोजो शाखाका अध्यक्ष तथा प्रशिक्षक मनोज साहले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने बिजेतालाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ, मेडल र शिल्ड प्रदान प्रदान गरिने अध्यक्ष साहले जानकारी दिए ।
प्रतियोगिता अवधिभर करिब ४ लाख ३५ हजार ५ सय रुपैया खर्च लाग्ने अनुमान नेपाल सितोरियो कराते शाखा डोजो जीतपुरले गरेको छ ।
पत्रकार सम्मेलनको उद्घाटन बरिष्ठ समाजसेवी घनश्याम गिरीले गरेका थिए ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०७९ बुधवार - १९:२७:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology