काठमाडौंं । आज (बिहिबार) सुनको भाउ घटेको छ । बुधबार तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुनको भाउ पनि आज तोलामा ५ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख २ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।