Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१७, फाल्गुण २०७९
सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज (बुधबार) सुनको भाउ बढेको छ । मंगलबार तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला ५ सय रुपैयाँले नै बढेर तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १७, २०७९ बुधवार - १०:५९:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology