काठमाडौं । नेपाली बजारमा सुनको भाउ घटेको छ । हिजो सुनको भाउ प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा एक सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा एक लाख दुई हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला एक लाख दुई हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो चाँदीको भाउ प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला एक हजार दुई सय ६५ रुपैयाँ भाउ कायम भएको महासंघले जनाएको छ ।