काठमाडौं । आज आइतबार सुनको भाउ बढेको छ। शुक्रबार तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुनको भाउ पनि आज प्रतितोला ३ सय रुपैयाँले नै बढेर तोलाको १ लाख २ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर घटेर प्रतितोला १२ सय ७५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।