Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मुख्यमन्त्री शाहले पाए विश्वासको मत

मुख्यमन्त्री शाहले पाए विश्वासको मत

दैनिकी न्यूज

२१, फाल्गुण २०७९
मुख्यमन्त्री शाहले पाए विश्वासको मत
images

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेश सभाको आज आह्वान गरेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेश सभा सदस्यहरुको विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रदेश सभामा मुख्यमन्त्री शाहले आफ्नो दल कांग्रेसका १९ (आफूसहित), नेकपा (माओवादी केन्द्र) का १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्य गरी ४१ जनाले विश्वासको मत दिएका हुन् ।

५३ सदस्यीय रहेको प्रदेश सभामा नेकपा एमालेका १० जना (उपसभामुख समेत) र राप्रपाका १ जना प्रदेश सभा सदस्य प्रतिपक्षमा बस्दै मुख्यमन्त्री शाहलाई विश्वास मत नदिएका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसक्दा उनी नेतृत्वको सरकार ढलेको थियो ।

त्यसपछि धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा शाह नियुक्त भएका हुन् । उनी माघ २६ गते नियुक्त भएका थिए ।

images
प्रकाशित मिति :फाल्गुण २१, २०७९ आइतवार - १६:४७:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology