Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

स्ववियु निर्वाचनः आज उम्मेदवारी दर्ता

स्ववियु निर्वाचनः आज उम्मेदवारी दर्ता

दैनिकी न्यूज

२७, फाल्गुण २०७९
स्ववियु निर्वाचनः आज उम्मेदवारी दर्ता
images

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शनिबार देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता हुँदैछ ।

बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका लागि मनोनयनपत्र दर्ता हुने निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ।

समानुपातिक तर्फको नामावली पनि शनिबार नै पेश गर्नुपर्ने निर्वाचन कार्यतालिका छ। साँझ ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने तालिका छ। निर्वाचन कार्यतालिका अनुसार भोलि दाबी विरोध, छानबिन र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

देशभरका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते निर्वाचन हुँदैछ। सत्ता साझेदार दलका विद्यार्थी संगठनले तालमेल गरेर चुनावमा जाने तयारी गरेका छन्। उनीहरूले नेकपा (एमाले) निकट अनेरास्ववियु विरुद्ध गठबन्धनको तयारी गरेका हुन्।

प्रत्येक दुई÷दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन। २०६५ साल चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो। त्यसयता नभएको निर्वाचन यो वर्ष हुन लागेको हो।

images
प्रकाशित मिति :फाल्गुण २७, २०७९ शनिवार - ०९:४१:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology