Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

३, चैत्र २०७९
सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौँ । सुनको भाउले आफ्नै रेकर्ड ब्रेक गरेको छ । शुक्रबार छापावाला सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्दै १ लाख ७ हजार एक सय रुपैयाँ पुगेको हो । यसअघि गत फागुन १२ नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । सोही रेकर्डलाई ब्रेक गर्दै शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।

यस्तै आज तेजाबी सुनको भाउसमेत तोलामा चार सय रुपैयाँले नै बढ्दै १ लाख ६ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले मात्र बढेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र ३, २०७९ शुक्रवार - ११:०५:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology