काठमाडौं । आज मंगलबार सुनचाँदीको भाउ बढेको छ। सोमबार तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ५ सयमा कारोबार भइरहेको छ ।
तेजावी सुनको भाउ पनि आज प्रतितोला ५ सय रुपैयाँले नै बढेर तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।