Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ आज कारोबार ?

ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ आज कारोबार ?

दैनिकी न्यूज

८, चैत्र २०७९
ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ आज कारोबार ?
images

काठमाडौं । आज (बुधबार) सुनचाँदीको भाउ घटेको छ। मंगलबार तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ७ हजार ८ सयमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला २ हजार रुपैयाँले नै घटेर तोलाको १ लाख ७ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ३५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र ८, २०७९ बुधवार - ११:१८:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology