Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुद्धोधन गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत ५० हजार घुससहित अख्तियारको फन्दामा

शुद्धोधन गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत ५० हजार घुससहित अख्तियारको फन्दामा

दैनिकी न्यूज

१७, चैत्र २०७९
शुद्धोधन गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत ५० हजार घुससहित अख्तियारको फन्दामा
images

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

आयोगका प्रवक्ता रामकृष्ण अधिकारीले गाउँपालिका कार्यालयको चमेना गृहमा प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, गाउँपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भरले ५० हजार रुपियाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रवक्ता अधिकारीले नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरूलाई घुससहित नियन्त्रणमा लिइएको पुष्टि गरे ।

पक्राउ परेका तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १७, २०७९ शुक्रवार - ०६:३२:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology