Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ह्वात्तै बढ्यो कोरोना, १४२ जनामा संक्रमण पुष्टि

ह्वात्तै बढ्यो कोरोना, १४२ जनामा संक्रमण पुष्टि

दैनिकी न्यूज

१७, चैत्र २०७९
ह्वात्तै बढ्यो कोरोना, १४२ जनामा संक्रमण पुष्टि
images

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १४२ जनामा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जना संक्रमित पाइएको हो ।

मन्त्रालयका अनुसार आरटी पीसीआर विधिबाट ३८१ र एन्टीजेन विधिबाट ६९८ जनाको परीक्षण गरिएकोमा १४२ जनामा संक्रमण पाइएको हो । तीमध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टीजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आरटी पीसीआर विधिबाट मात्र गरिएको परीक्षणको आधारमा देशमा हाल सक्रिय संक्रमितको संख्या १६३ रहेको पनि मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १७, २०७९ शुक्रवार - १८:१९:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology