काठमाडौं । आज (सोमबार) सुनचाँदीको भाउ घटेको छ । आइतबार तोलाको १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुनको भाउ पनि आज प्रतितोला ६ सय रुपैयाँले नै घटेर तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ९० रुपैयाँमा किचबेच भईरहेको छ ।