Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

दैनिकी न्यूज

२३, चैत्र २०७९
सुनचाँदीको भाउ घट्यो
images

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। सुनको यो भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १४ सय ३५ रुपैयाँमा कायम भएको छ। हिजो तोलामा ४० रुपैयाँले बढेर चाँदी १ हजार ४४० रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :चैत्र २३, २०७९ बिहिवार - १४:३५:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology