काठमाडौं । आज (सोमबार) सुनको भाउ घटेको छ । आइतबार तोलाको १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको भाउ पनि आज तोलामा २ सय रुपैयाँले घटेर तोलाको १ लाख ८ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
आज चाँदीको भाउ प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा स्थिर छ ।