काठमाडौँ । आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारको तुलनामा आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको जानकारी दिएको हो ।
आज छापावाल सुनको भाउ तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको भाउ १ लाख ८ हजार ३०० तोकिएको छ ।
यसैगरी,आज चाँदीको भाउ तोलामा १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको हो ।