काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ ३ सय रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ११ हजार २ सय रूपैयाँमा कारोवार भइरहेको छ।
साथै तेजावी सुनको भाउ तोलामा १ लाख १० हजार ६५० रुपैयाँमा कारोवार भइरहेको छ।
यता चाँदीको भाउ भने स्थिर रहँदै अघिल्लो दिनकै भाउ प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।