Logo

सोमवार, श्रावण २५ गते २०८३

images

चोलेन्द्रको महाभियोग फुकुवा विवादमा बहस नोट माग

चोलेन्द्रको महाभियोग फुकुवा विवादमा बहस नोट माग

दैनिकी न्यूज

४, जेठ २०८०
चोलेन्द्रको महाभियोग फुकुवा विवादमा बहस नोट माग
images

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग फुकुवासम्बन्धी विवादमा बहस नोट माग गर्ने आदेश गरेको छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले बुधबार दुवै पक्षको बहसपछि फैसलाका लागि बहस नोट माग गर्ने आदेश गरेको हो।

महाभियोग लागेर निलम्बन भएपछि अवकाश पाउनुअघि संसदबाट फुकुवा भएको पत्र प्राप्त गरेका चोलेन्द्र शमशेरको मुद्दामा दुवै पक्षसँग बहस नोट माग गर्ने आदेश भएको हो। गत फागुन १ गते सर्वोच्चको प्रधानन्यायाधीश रहेका राणामाथि तत्कालीन सत्तारूढ दलले महाभियोग दर्ता गरेको थियो। महाभियोग दर्ता भएलगत्तै निलम्बनमा परेका चोलेन्द्र शमशेरले अवकाश प्राप्त गरेपछि पनि उक्त विवाद निष्कषर्मा पुग्न सकेको छैन।

गत मंसिर १ गते संघीय संसदका महासचिव भरतप्रसाद गौतमले महाभियोग फुकुवा भएको पत्र चोलेन्द्र शमशेरलाई लेखेका थिए। त्यस पत्रविरूद्ध वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य लगायतले संवैधानिक इजलासमा संसदको महासचिवले महाभियोग फुकुवा भएको निर्णय गर्न नसक्ने उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। सोही विवादमा बुधबार बहस नोट माग गरिएको हो।

images
प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - ०६:२९:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology