Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

तीन सय रुपैयाँले घट्यो सुनको भाउ

तीन सय रुपैयाँले घट्यो सुनको भाउ

दैनिकी न्यूज

४, जेठ २०८०
तीन सय रुपैयाँले घट्यो सुनको भाउ
images

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएकोमा आज तीन सय रुपैयाँले घटेको हो । बुधबार पनि एक हजार एक सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ९ हजार सात सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार दुई सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - ११:३२:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology