Logo

सोमवार, श्रावण २५ गते २०८३

images

तीन सय रुपैयाँले घट्यो सुनको भाउ

तीन सय रुपैयाँले घट्यो सुनको भाउ

दैनिकी न्यूज

४, जेठ २०८०
तीन सय रुपैयाँले घट्यो सुनको भाउ
images

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएकोमा आज तीन सय रुपैयाँले घटेको हो । बुधबार पनि एक हजार एक सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ९ हजार सात सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार दुई सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - ११:३२:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology