काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै पनि फेरबदल नभएको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो।