Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउमा फेरि बन्यो नयाँ रेकर्ड , कतिमा हुँदै छ कारोबार ?

सुनको भाउमा फेरि बन्यो नयाँ रेकर्ड , कतिमा हुँदै छ कारोबार ?

दैनिकी न्यूज

१८, जेठ २०८०
सुनको भाउमा फेरि बन्यो नयाँ रेकर्ड , कतिमा हुँदै छ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ फेरि नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।

सुनको आजको भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो। यसअघि हिजो बुधबार सुनको भाउले नयाँ कीर्तिमान बनाएको थियो। यो दिन तोलामा १ हजार ५०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाा र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर ४१० रुपैयाँ कायम भएको थियो। हिजो पनि तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :जेठ १८, २०८० बिहिवार - १२:०१:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology