Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

बुधबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर

बुधबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर

दैनिकी न्यूज

२४, जेठ २०८०
बुधबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर
images

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार पनि सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ४२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो।

images
प्रकाशित मिति :जेठ २४, २०८० बुधवार - ११:५८:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology