Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनचाँदीको भाउ स्थिर

सुनचाँदीको भाउ स्थिर

दैनिकी न्यूज

२८, जेठ २०८०
सुनचाँदीको भाउ स्थिर
images

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल नभएको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ४५५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ४० रुपैयाँले बढेर चाँदी १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :जेठ २८, २०८० आइतवार - ११:३६:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology