Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

दैनिकी न्यूज

३, आषाढ २०८०
सुनचाँदीको भाउ बढ्यो
images

काठमाडौं । आज (आइतबार) सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि तोलामा २ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार २० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ५ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ३९ रुपैयाँ कायम गरेको छ ।

images
प्रकाशित मिति :आषाढ ३, २०८० आइतवार - १०:३७:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology