काठमाण्डौ । नेपाली बजारमा सोमबार पनि सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।