Logo

सोमवार, श्रावण २५ गते २०८३

images

घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

दैनिकी न्यूज

१८, आषाढ २०८०
घट्यो सुनको भाउ
images

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १०० रुपैयाँ र तेजाबी सुन ५० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।

हिजो आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार ३७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :आषाढ १८, २०८० सोमवार - १२:३६:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology