Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

दैनिकी न्यूज

३, श्रावण २०८०
सुनचाँदीको भाउ बढ्यो
images

काठमाडौं । नेपाल बजारमा सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार€( सुको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १३ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५५० रुपैयाँ पुगेको छ।

सुनको यो भाउ हालसम्म दोस्रो उच्च हो। यसअघि गत जेठ १९ गते सुनको भाउ प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च हो।

हिजो मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ भने नयाँ कीर्तिमान बनाएको छ। तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४८० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ४८० रुपैयाँमा कारोबार थियो। यो भाउ हालसम्मकै उच्च थियो।

images
प्रकाशित मिति :श्रावण ३, २०८० बुधवार - १२:१४:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology