Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बैंकको आम्दानी बढेपनि नाफा बढेन

बैंकको आम्दानी बढेपनि नाफा बढेन

दैनिकी न्यूज

२१, श्रावण २०८०
बैंकको आम्दानी बढेपनि नाफा बढेन
images

काठमाडौं । गत आर्थिक वर्षमा सुस्त बनेको अर्थतन्त्रको असर बैंकिङ क्षेत्रमा पनि देखिएको छ । समग्र बैंकिङ प्रणालीमा निष्क्रिय कर्जा वढेका कारण सम्भावित कर्जा नोक्सानीबापत व्यवस्था गर्नुपर्ने प्रोभिजन रकम पनि बढेको छ ।

प्रोभिजन रकम धेरै राख्नुपर्दा बैंकहरुको आम्दानी बढे पनि नाफा बढ्न नसकेको हो। गत आर्थिक वर्षको असार मसान्तसम्म नेपाल बैंकको नाफा १६.७० प्रतिशतले बढेर ३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो आवमा यो बैंकको नाफा २ अर्ब ९२ करोड थियो। बैंकको सञ्चालन नाफा २१।१९ प्रतिशतले बढेर ४ अर्व ४० करोड पुगेको छ। असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ९७ करोड ३३ लाख छ। १४ अर्ब ६९ करोड चुक्ता पुँजी रहेको नेपाल बैंकको जगेडा कोषमा २० अर्व ९१ करोड छ। बैंकको खराब कर्जा १.८३ बाट २.८५ प्रतिशत पुगेको छ ।

यसैगरी गत वर्ष कृषि विकास बैंकको खुद नाफा ३९.२४ प्रतिशत बढेको छ। गत वर्ष बैंकले ३ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो वर्षको यसै अवधिमा बैंकले २ अर्ब २२ करोड खुद नाफा गरेको थियो। एक वर्षमा बैंकले ८७ करोड ३५ लाख रुपैयाँ खुद नाफा बढाएको छ ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार २ अर्ब रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ। बैंकको चुक्ता पुँजी १३ अर्व ४५ करोड छ। यो बैंकको खराब कर्जा अनुपात बढेर २.४८ प्रतिशत पुगेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्म प्रभु बैंकको नाफा ४८.५४ प्रतिशतले बढेर २ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो आवको यही अवधिमा बैंकको नाफा १ अर्व ९० करोड थियो। बैंकको सञ्चालन नाफा ४७।५२ प्रतिशतले बढेर ४ अर्ब २० करोड पुगेको छ। यो समाचार कारोबार दैनिकमा छ ।

images
प्रकाशित मिति :श्रावण २१, २०८० आइतवार - ०७:२४:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology