Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सरुवा थमौती गर्न सिंहदरबारमा कर्मचारीको भिड

सरुवा थमौती गर्न सिंहदरबारमा कर्मचारीको भिड

दैनिकी न्यूज

२२, श्रावण २०८०
सरुवा थमौती गर्न सिंहदरबारमा कर्मचारीको भिड
images

काठमाडौँ । पहुँच र शक्तिको आडमा लामो समयसम्म उपत्यकाभित्रका कार्यालयमा टिकिरहने कर्मचारीलाई मोफसलमा सरुवा गरिएपछि थमौती गर्न यति बेला सिंहदरबारमा कर्मचारीको भिड लाग्न थालेको छ । वर्षाैंसम्म उपत्यकाभित्र टिक्न सफल भएका कर्मचारीको भिड यति बेला सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निकै देखिएको छ ।

मन्त्रालयले ती कर्मचारीलाई रिक्त स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर सरुवा गरेपछि सरुवा रोक्न मन्त्रालयमा कर्मचारीसँगै ट्रेड युनियनका अगुवा तथा स्थानीय तहका नेता सक्रिय छन् । यति बेला त्यस्ता कर्मचारीको छटपटी निकै बढेको छ ।

मन्त्रालयले काठमाडौँमा नै जरोकिलो गाडेर बसेका कर्मचारीलाई मधेश प्रदेशका स्थानीय तह र रिक्त भएका विभिन्न पालिकामा प्रमुख प्रशासकीय अधिकृतको  जिम्मेवारी  दिएर  सरुवा  गरेको  छ ।

एक सातामा दुई चरणमा गरी मन्त्रालयले ५७ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयमा अहिलेसम्म सरुवाका लागि ४५२ जना कर्मचारीले निवेदन दिएको मन्त्रालयले जनाएको छ । केही दिनभित्रमा  नै  रिक्त  स्थानीय  तहमा  मन्त्रालयले  निवेदन  दिने  कर्मचारीमध्येबाट  सरुवा  गर्ने  तयारी गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

 

images
प्रकाशित मिति :श्रावण २२, २०८० सोमवार - ०६:३९:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology