Logo

आइतवार, श्रावण २४ गते २०८३

images

घट्यो सुनचाँदीको भाउ

घट्यो सुनचाँदीको भाउ

दैनिकी न्यूज

२६, श्रावण २०८०
घट्यो सुनचाँदीको भाउ
images

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार पनि सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

यो साताभरि भने सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको छ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १३ सय ८० रुपैयाँमा किनबेच भएको थियो।

यो साताभरि भने चाँदीको भाउ तोलामा ५० रुपैयाँले घटेको छ।

images
प्रकाशित मिति :श्रावण २६, २०८० शुक्रवार - ११:४२:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology