Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नक्कली प्रमाणपत्र भएको आरोपमा पक्राउ परेका सक्कली डाक्टर रिहा

नक्कली प्रमाणपत्र भएको आरोपमा पक्राउ परेका सक्कली डाक्टर रिहा

दैनिकी न्यूज

२९, श्रावण २०८०
नक्कली प्रमाणपत्र भएको आरोपमा पक्राउ परेका सक्कली डाक्टर रिहा
images

काठमाडौं । नक्कली प्रमाणपत्र भएको आरोपमा पक्राउ परेका एकजना डाक्टर सक्कली भएको पुष्टि भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले ‘सक्कली’ प्रमाणित भएपछि रिहा गरेको छ। साउन २५ मा ब्युरोले महोत्तरीको पिपरा–८ घर भएका डा. रञ्जितकुमार यादवलाई काठमाडौँबाट पक्राउ गरेको थियो ।

डा. यादव सक्कली चिकित्सक भएको पुष्टि भएपछि रिहा गरिएको सीआईबीले जनाएको छ । यसअघि नाम जुधेको आधारमा सीआईबीले डा. रञ्जितलाई पक्राउ परेका थिए । मेडिकल काउन्सिलले नाम जुधेका दुईजना मानिस अलग हुन भनेर पत्र लेखेर पठाएको थियो ।

ब्युरोले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सहित ८ जनालाई नक्कली प्रमाणपत्र लिएको आरोपमा पक्राउ गरेको थियो । शर्मालाई जिल्ला अदालतले तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी रिहा भइसकेका छन् ।

यादव पनि रिहा भएपछि अब अरू ६ जना चिकित्सक सीआईबीको हिरासतमा छन् ।

images
प्रकाशित मिति :श्रावण २९, २०८० सोमवार - १०:१८:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology