Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

आइतबार घट्यो सुनको भाउ, चाँदीको स्थिर

आइतबार घट्यो सुनको भाउ, चाँदीको स्थिर

दैनिकी न्यूज

३, भाद्र २०८०
आइतबार घट्यो सुनको भाउ, चाँदीको स्थिर
images

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको भाउ भने २० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :भाद्र ३, २०८० आइतवार - १४:३८:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology