काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ कुनै फेरबदल भएको छैन। योसँगै आज प्रतितोला छापावाल सुन १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ।
हिजो (आइतबार) सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १३ सय ९० रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै चाँदी १३ सय ९० रुपैयाँमा किनबेच भएको थियो।