Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बढ्यो सुनको भाउ, चाँदीको स्थिर

बढ्यो सुनको भाउ, चाँदीको स्थिर

दैनिकी न्यूज

१८, आश्विन २०८०
बढ्यो सुनको भाउ, चाँदीको स्थिर
images

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ७ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ८०० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज लगातार दोस्रो चाँदीको भाउ स्थिर रहँदै तोलाको १३ सय १० रुपैयाँ कायम भएको थियो। हिजो पनि भाउ स्थिर रहँदै चाँदी १३ सय १० रुपैयाँमा खरिदविक्री भएको थियो।

images
प्रकाशित मिति :आश्विन १८, २०८० बिहिवार - ११:३२:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology