काठमाडौं । आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख ८ हजार ८ सय ररुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेर १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोलामा ७ सय रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेर प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाादी व्यवसायी संघले जनाएको छ ।