Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

दैनिकी न्यूज

१३, कार्तिक २०८०
सुनको भाउ घट्यो
images

काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको भाउ घटेको छ । कात्तिक १३ गते, सोमबार सुन तोलामा ५०० रुपैयाँले सस्तिएको हो । चाँदी पनि यस दिन ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँमा झरेको छ ।

आइतबार भने सुनको भाउ स्थिर रहेको थियो । अघिल्लो कारोबार दिन, सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँ पुगेको थियो ।

चाँदीको मूल्य पनि सोमबार घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार भने चाँदीको मूल्य स्थिर रहेको थियो । हिजो चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

images
प्रकाशित मिति :कार्तिक १३, २०८० सोमवार - ११:१९:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology