Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यूएईविरुद्ध पहिले बलिङ गर्दै नेपाल

यूएईविरुद्ध पहिले बलिङ गर्दै नेपाल

दैनिकी न्यूज

१७, कार्तिक २०८०
यूएईविरुद्ध पहिले बलिङ गर्दै नेपाल
images

काठमाडौं । आईसीसी टी–२० विश्वकपको एसिया छनोटको फाइनल प्रवेशका लागि नेपालले यूएईसँग खेल्दैछ ।

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा सेमिफाइनलको खेलमा नेपालले टस हरारे पहिले बलिङको निम्तो पाएको हो ।

आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । टिममा सन्दिप जोराको स्थानमा दिपेन्द्र सिंह ऐरी खेल्दैछन् ।

दिपेन्द्र पहिलो खेलमा घाइते भएका थिए । समूह एको उपविजेता बनेको नेपालले समूह बीको विजेता यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।

यूएईलाई हराउँदै प्रतियोगिताको फाइनलसँगै विश्वकपमा छनोट हुने लक्ष्यमा नेपाल छ । प्रतियोगिताको फाइनल पुग्ने दुई टिम अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा छनोट हुनेछन् ।

अर्को सेमिफाइनलमा कीर्तिपुर मैदानमा बहराइन र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।

images
प्रकाशित मिति :कार्तिक १७, २०८० शुक्रवार - ११:२९:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology