Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आईसीसी टी–२० विश्वकप एसिया फाइनल : नेपाल टस जितेर ब्याटिङ गर्दै

आईसीसी टी–२० विश्वकप एसिया फाइनल : नेपाल टस जितेर ब्याटिङ गर्दै

दैनिकी न्यूज

१९, कार्तिक २०८०
आईसीसी टी–२० विश्वकप एसिया फाइनल : नेपाल टस जितेर ब्याटिङ गर्दै
images

काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको खेलमा नेपालले टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान ११ बजे हुने नेपाल र ओमानबीचको फाइनलमा नेपालले टस जितेको हो।

टस जितेसँगै नेपालका कप्तान रोहित कुमार पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्। घाइते भएका दीपेन्द्रसिंह ऐरीले नखेल्दा आज सन्दीप जोरा प्लेइङ ११ मा फर्किएका छन्।

शुक्रबार घरेलु मैदानमा भएको खेलमा यूएईलाई आठ विकेटले पराजित गर्दै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकपमा छनोट भएको हो।

मूलपानी मैदानमा १ ३५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा दुई विकेटको क्षतिमा जित निकालेको हो। योसँगै नेपाल एक दशकपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ।

शुक्रबारै भएको सेमिफाइनलमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमानले घरेलु टोली नेपालसँगको भिडन्त पक्का गरेको हो।

आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपाल र ओमान दुवै समूह ‘ए’मा थिए। समूह चरणमा ओमानले शतप्रतिशत जित निकाल्दा समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो। नेपालका लागि घरेलु दर्शअघि ओमानविरुद्ध समूह चरणको हारको बदला लिँदै च्याम्पियन बन्ने मौका रहेको छ।

दुई टोलीबिच भएका ५ खेलमा नेपालले ३ तथा ओमानले २ खेल जितेको छ । तर, ओमान पछिल्लो समय राम्रो लयमा देखिएको छ । टोली पछिल्ला ५ खेलमा अपराजित रहेको छ । नेपालले भने पछिल्ला ५ मध्ये ३ खेलमा जीत र दुई खेलमा हार बेहोरेको छ ।

कीर्तिपुर र मूलपानी मैदानमा सञ्चालन भएको प्रतियोगिताको समूह ‘ए’मा नेपालसँगै ओमान, सिंगापुर र मलेसिया थिए। यस्तै समूह ‘बी’मा हङकङ, यूएई, बहराइन र कुवेत थिए।

images
प्रकाशित मिति :कार्तिक १९, २०८० आइतवार - १०:४१:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology