Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पर्साका तत्कालीन मालपोत अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पर्साका तत्कालीन मालपोत अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

दैनिकी न्यूज

२१, कार्तिक २०८०
पर्साका तत्कालीन मालपोत अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
images

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसमेत १० जनाविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगले जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम रजिस्ट्रेसन दस्तुर र पुँजीगत लाभकर नियमानुसार दाखिला नगरी हिनामिना गर्ने मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसमेत १० जनामाथि राजस्व चुहावट गरी भ्रष्टाचार गरेको दाबीसहित सोमबार आरोपपत्र दायर गरेको छ।

आर्थिक वर्ष २०७१–७२ मा मालपोत कार्यालय, पर्साको रजिस्ट्रेसन फाँट ‘ग’ बाट जग्गा किनबेचको एकैपटक राखी लिखत पारित गरी उठाएको राजस्व दाखिला नगरी हिनामिना गरेको भ्रष्टाचारजन्य कसुरमा उनीहरूलाई सजाय हुन माग दाबी लिई विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। रासस

images
प्रकाशित मिति :कार्तिक २१, २०८० मंगलवार - ०५:४५:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology