Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नगर क्षेत्रमा बचत तथा ऋण सहकारी संस्थाको दर्ता र कार्यक्षेत्र विस्तारमा रोक

नगर क्षेत्रमा बचत तथा ऋण सहकारी संस्थाको दर्ता र कार्यक्षेत्र विस्तारमा रोक

दैनिकी न्यूज

८, मंसिर २०८०
नगर क्षेत्रमा बचत तथा ऋण सहकारी संस्थाको दर्ता र कार्यक्षेत्र विस्तारमा रोक
images

काठमाडौं । सरकारले नगर क्षेत्रमा बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक लगाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विज्ञप्ति निकालेर महानगर, उपमहानगर र नगरपालिकालाई कार्यक्षेत्र बनाइ बचत तथा ऋण परिचालनको उद्देश्य बोकेका कुनै पनि सहकारी संस्था दर्ता नगर्न सङ्घ, प्रदेश र पालिकालाई निर्देशन दिएको हो ।

देशभर ठूलो सङ्ख्यामा रहेका बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुबाट पछिल्लो समयमा नागरिकबाट बचत स्वीकार गर्ने र उच्च जोखिमयुक्त क्षेत्रमा लगानी गर्दा बचत डुब्ने समस्या विकराल बन्दै गएको भन्दै मन्त्रालयले कडाइ गरेको हो ।

release_oCQ9WoEu6W.jfif

 

images
प्रकाशित मिति :मंसिर ८, २०८० शुक्रवार - ०७:३९:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology