Logo

बुधवार, श्रावण २७ गते २०८३

images

परीक्षा दिने सर्लाही, नाम निकाल्ने गुल्मी

परीक्षा दिने सर्लाही, नाम निकाल्ने गुल्मी

दैनिकी न्यूज

१२, मंसिर २०८०
परीक्षा दिने सर्लाही, नाम निकाल्ने गुल्मी
images

काठमाडौं । लोकसेवा आयोगको परीक्षाप्रति सबैभन्दा बढी आकर्षण सर्लाहीवासीमा देखिएको छ भने उत्तीर्ण हुनेमा भने गुल्मेली अघि रहेको पाइएको छ। आयोगको रिपोर्टअनुसार आर्थिक वर्ष २०७९–८० मा लिइएको परीक्षामा सहभागी हुन आवेदन दिनेमध्ये ३ दशमलव ७७ प्रतिशत सर्लाहीवासी छन्। तर परीक्षामा उत्तीर्ण भई सरकारी सेवामा सिफारिस हुनेमा भने गुल्मेली ३ दशमलव ९५ प्रतिशत छन्।

आयोगको वार्षिक तथ्यांकअनुसार आव २०७९–८० मा सरकारी सेवाप्रति सबैभन्दा बढी आकर्षण मधेसका पाँच जिल्ला क्रमशः सर्लाही, बारा, रौतहट, महोत्तरी र धनुषाका बासिन्दामा देखिएको छ। तर परीक्षा दिएर उत्तीर्ण भई आयोगबाट सरकारी सेवामा सिफारिस हुनेमा क्रमशः गुल्मी, स्याङ्जा, सर्लाही, जुम्ला र धनुषाका बढी छन्।

उक्त आवमा सर्लाही, बारा, रौतहट, महोत्तरी र धनुषाबाट मात्र १६ प्रतिशत ९८१ हजार ४ (३ वटा) दरखास्त परे। सोही आवमा देशभरका ७७ वटै जिल्लाबाट दरखास्त परेका थिए। सबैभन्दा न्यून दरखास्त पर्ने जिल्लामा क्रमशः मनाङ, मुस्ताङ, रसुवा, म्याग्दी र डोल्पा छन्।

ती जिल्लाबाट कुल ३ हजार ७३ मात्र (०.६३ प्रतिशत) दरखास्त परेका थिए। आव २०७९–८० मा मनाङ र मुस्ताङ जिल्लाबाट कुनै पनि उम्मेदवारले आयोगको परीक्षा पास गर्न सकेनन्। आयोगका अनुसार त्यस आवमा आयोगबाट सिफारिस हुने उम्मेदवारहरूको औसत उमेर २८ वर्ष छ।

आव २०७९–८० मा आन्तरिक र खुलातर्फ ४ लाख ८३ हजार २०३ जनाले लोकसेवा परीक्षा दिन अनलाइन प्रणालीमार्फत दरखास्त दिएका थिए। फाराम भर्नेमध्ये ३ हजार ६७५ उम्मेदवार मात्र स्थायी नियुक्तिका लागि सिफारिस भए। यसबाट आयोगको परीक्षा पास गर्न झनै चुनौतीपूर्ण रहेको देखिन्छ। त्यसमा पनि सरकारी सेवामा अवसर पाउनेमा महिला १ हजार ९९ जना र पुरुष २ हजार ५७६ जना छन्। यो समाचार नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :मंसिर १२, २०८० मंगलवार - ०७:१८:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology