Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपाल प्रहरीका सई ३० हजार घुससहित अख्तियारको फन्दामा

नेपाल प्रहरीका सई ३० हजार घुससहित अख्तियारको फन्दामा

दैनिकी न्यूज

१२, मंसिर २०८०
नेपाल प्रहरीका सई ३० हजार घुससहित अख्तियारको फन्दामा
images

काठमाडौं । लागुऔषध कारोबार मुद्दा मिलाइदिने भन्दै घुस लिइरहेका नेपाली प्रहरीका एक नायब निरीक्षक (सई) लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात समातेको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ६, मैनापोखरस्थित ईलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदलाई आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

आयोगका अनुसार सई साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदन परेको थियो ।

सोही आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निजलाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।

images
प्रकाशित मिति :मंसिर १२, २०८० मंगलवार - १६:४९:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology