Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बक्यौता महसुल किस्तामा बुझाउन आवेदन दिन प्राधिकरणको आग्रह

बक्यौता महसुल किस्तामा बुझाउन आवेदन दिन प्राधिकरणको आग्रह

दैनिकी न्यूज

२४, पौष २०८०
बक्यौता महसुल किस्तामा बुझाउन आवेदन दिन प्राधिकरणको आग्रह
images

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता विद्युत् महसुल रकम किस्ताबन्दीमा बुझाउन निवदेन दिन आग्रह गरेको छ ।

सार्वजनिक सूचना प्रकाशित गर्दै प्राधिकरणले एक महिनाभित्र निवेदन दिन किस्तामा बक्यौता महसुल बुझाउन चाहने उद्योग तथा कम्पनीहरूलाई आग्रह गरेको हो ।

“प्राधिकरणका विभिन्न संरचनाहरूबाट विद्युत् सेवा प्राप्त गरेका उपभोक्ताहरूसँग विगतदेखि रहेको बक्यौता विद्युत् महसुल रकम असुल उपर गर्न एक पटकका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी विशेष व्यवस्था गरिएको छ,” सार्वजनिक सूचनामा उल्लेख छ, “यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिनुहुन आग्रह छ ।”

समयमै विद्युत् महसुल नबुझाउने उद्योगको लाइन प्राधिकरणले काटिएको छ ।

images
प्रकाशित मिति :पौष २४, २०८० मंगलवार - ०७:२६:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology